धादिङ, २२ असार - गैरदलित केटीलाई दलितले विवाह गरेको आरोपमा
गैरदलितले गरेको आक्रमणमा परेर पीडा गाविस मूलखर्क गाउँका १० परिवार दलित
विस्थापित भएका छन् । गैरदलितको आक्रमणबाट कौशिला इन्दिरा, रामबहादुर,
रेश्मा, विन्दा, प्याउटी सीता कोपिला, शङ्कर र विन्दा विक घाइते भएका
छन् । तीबाहेक अन्य पनि विस्थापित भएका छन् । केही बालबालिका मात्र घरमा
रहेकाले उनीहरुको अवस्थासमेत अज्ञात छ । यही असार १७ गते अन्तरजातीय विवाह
गरेकी सम्झना सुवेदीले गाउँमा गरिएको हमला अमानवीय हो भन्नुभयो । उहाँले
आफूले पीडा गाविस–५ का १७ वर्षीय नवराज विश्कर्मासँग भागेर बिहे गरेपछि
केटा पक्षका १० घरपरिवार विस्थापित हुने अवस्थामा पुगेको बताउनुभयो । आफ्नो
छोरीचेलीसँग बिहे गरेको भन्दै सम्झनाको माइती पक्षले नवराजका घरपरिवारसहित
छिमेकीलाई यही असार १९ गते बेलुका घर घेरेर सबै दलितलाई कुटपिट गरेको थियो
।
विन्दा मात्रै होइन तीन वर्षअघि सोही गाउँमा अन्तर्जातीय विवाह गरेकी २३ वर्षीया इन्दिरा सुवेदीको घरको बार्दलीबाट हाम्फालेर भाग्ने क्रममा देब्रे खुट्टा भाँचिएको छ । उनको टाउकामा आक्रमण गरिएपछि गहिरो घाउ पनि भएको छ । सम्झनाको माइती पक्षले आफूले नै उनीहरुको विवाह गराइदिएको भन्दै ज्यान मार्ने धम्की दिएको समेत इन्दिराले बताए ।कुटपिटका कारण नवराजकी आमा कौशिला सुनार सख्त घाइते हुनुभएको छ भने इन्दिराको गजुरी अस्पतालमा उपचार भैरहेको छ । त्यस्तै कोपिला, सीता र शङ्कर विकले अहिले सञ्चालन भैरहेको विद्यालयको त्रैमासिक परीक्षासमेत दिन पाएनन् । उनीहरुलाई विद्यालयका शिक्षक रामबहादुर सुवेदीले विद्यालयबाटै निकाला गर्ने धम्कीसमेत दिएका छन् ।

No comments:
Post a Comment