Tuesday, August 7, 2012

बस दुर्घटनामा १२ जनाको ज्यान गयो



धादिङ, साउन २३ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको भूमेस्थान ६ मा मंगलवार बिहान भएको बस दुर्घटनामा ११ जनाको ज्यान गएको छ । १० जनाको घटनास्थलमा र २  जनाको उपचारका लागि काठमाडौ पुर्‍याएपछि ज्यान गएको हो ।

दुर्घटनामा परी रुपन्देहीका मोहन नगरकोटी, फणिन्द्र सुवेदी, शेरबहादुर थापा, रुपन्देही बुटवलकी सुशिला जीएम, गुल्मी तम्घासकी पार्वती घर्ती, कपिलवस्तुका बलराम चौधरी र पोखराका रञ्जन थापाको ज्यान गएको धादिङ प्रहरीले जनाएको छ । अरु दुई जनाको  सनाखत हुन सकेको छैन ।

बुटवलबाट काठमाडौका लागि छुटेको लु १ ख ७०५१ नम्बरको रात्रिबस बिहान ४ बजेतिर सडकदेखि १ सय ६० मिटर तल महेश खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा  १९ जना जना घाइते भएका छन् । घाइतेहरुको सहिद मेमोरियल अस्पताल कलंकी र स्टार अस्पताल ललितपुरमा उपचार भैरहेको छ ।

दुर्घटना भएको खवर आए लगत्तै घटनास्थल पुगेका स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राजमार्ग दुर्घटना उद्दारकर्मीको टोलीले २० जनालाई घाइते अवस्थामा उद्दार गरी उपचारका लागि काठमाण्डौ पठाएको थियो । सडकवाट पल्टिएर महेशखोलामा डुबिरहेको बसलाई उद्दारकर्मिहरुले डोरीले बाँधेर धकेल्दै उठाएका थिए ।

बस उठाउने क्रममा एक जनाको शव भेटिएको थियो । बस दुर्घटनामा ज्यान गएका १० जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ । दुर्घटनाको कारण खुल्न नसकेपनि चालक निदाएको कारण बस अनियन्त्रित भई सडकबाट पल्टिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी गणेश रेग्मीले बताउनुभयो ।

यही साउनमा नै उदयपुरबाट काठमाडौ आउँदै गरेको वस धादिङको कृष्णभीरबाट त्रिशुली नदीमा खस्दा १७ जनाको ज्यान गएको थियो भने दर्जन भन्दा बढी वेपत्ता छन् ।

No comments:

Post a Comment

vfhcnbn

vggc