Wednesday, August 1, 2012

त्रिशुली नदी बचाउन प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाण्डौ (सिंहदरवार)÷पछिल्लो समय त्रिशुली नदीको अस्तित्वनै समाप्त पार्ने गरी भईरहेको अवैध वालुवा उत्खनन् रोक्न प्रधानमन्त्री डाक्टर .बाबुराम भट्टराईले तत्काल आवश्यक कदम चाल्ने वताउनु भएको छ ।
    त्रिशुली बचाउ साझा सञ्जाल धादिङले त्रिशुली नदीबाट अवैध रुपमा बालुवा, गिटी तथा ढुङगा उत्खनन हुनेक्रम बढ्दै गईरहेकोमा  र यसबाट दिर्घकालिन रुपमा  पर्ने असरका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो ।  मंगलवार प्रधानमन्त्रीको कार्यालयमा भएको एक कार्यक्रममा सञ्जालको तर्फवाट पेश गरिएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री भट्टराईले त्रिशुली नदी आफ्नो पनि सरोकारको विषय भएकाले संरक्षण गर्न आवश्यक भएको बताउनुभएको थियो ।
    पृथ्वीराजमार्ग हुँदै यात्रा गर्ने क्रममा नदीमा यत्रतत्र मेसिन प्रयोग भएको देखे पनि नियम संगत हो होईन भन्ने कौतुहलता जाग्ने गरेको बताउँदै सम्बन्धित निकायहरुलाई नदी उत्खनन कार्य रोक्न तत्काल निर्देशन गरेर त्रिशुली नदी अतिक्रमण रोक्ने प्रधानमन्त्री भट्टराईले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।  नदी उत्खनन् गरी अवैध रुपमा बालुवा चोरी निकासी बढेपछि त्रिशुली बचाउ साझा सञ्जाल धादिङले अतिक्रमण रोक्न प्रधानमन्त्रीलाई आवश्यक कदम चाल्न अनुरोध गर्दै  ज्ञापन पत्र बुझाएको हो । अवैध तस्करी रोक्न जिल्ला विकास समिति, स्थानीय प्रहरी प्रशासन र जिल्लाका जिम्मेवार राजनीतिक दलले चासो नदिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको सञ्जालका संयोजक उत्तम कंडेलले बताउनुभयो ।।     हाल धादिङ र नुवाकोट जिल्लाका त्रिशुली बगरमा २ दर्जन भन्दा बढी स्काभेटरले अवैध रुपमा नदी उत्खनन् गरी वालुवा चोरी निकासी गर्दैआईरहेका छन् । जिल्ला विकास समितिले लिने प्राकृतिक स्रोत निकासी कर बाहेक कुनै किसिमका मुल्य नतिरी त्रिशूली नदीवाट अवैध रुपमा प्राकृति श्रोत उत्खनन गरि सिमित व्यापारीहरुले श्रोत माथि लुट मच्चाउंदै आइरहेका छन् ।

No comments:

Post a Comment

vfhcnbn

vggc