केशव अधिकारी/नेत्रावती अनलाईन
धादिङ, असोज ३० – धादिङ्गको राजमार्ग क्षेत्रका होटलमा एउटै दरभाउको मुल्यसूची राखिएको छ ।
सोमबारदेखि सबै होटलमा मुल्यसूची राख्नुका साथै उपभोक्ताको उजुरी सुन्ने
हटलाइन टेलिफोन नम्बर र उपभोक्तालाई सचेत पार्ने खालका जानकारी पत्र
होटलहरुमा टाँसिएको छ ।
जिल्लाको राजमार्ग क्षेत्रका होटल तथा भोजनालयहरुमा कायम रहेको फरक फरक
मुल्य नियन्त्रण अभियानका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला अनुगमन
समिति, खाद्य अधिकार सञ्जाल र जिल्ला होटल संघको संयुक्त पहलमा मुल्य र
उजुरीका लागि सार्वजनिक जानकारी पत्रको व्यवस्था गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले सर्वपक्षिय सहमतिवाट निर्धारण गरेको
मुल्यसूचीमा सादा खानाको ९० रुपैयाँ, खसीको मासु सहितको खानाको १ सय ८०
रुपैयाँ, कुखुराको मासु या माछा सहितको खानाको १ सय ५० रुपैयाँ कायम गरिएको
छ ।

जिल्ला होटल संघ धादिङका अध्यक्ष अशोक अधिकारी लगायतका प्रतिनिधिहरुको
सहभागीतामा होटल संघले सिफारिश गरेको मुल्यसूचीका आधारमा असोज १८ गते
जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले धादिङ जिल्लाको
राजमार्ग क्षेत्रका होटलहरुमा खानेकु्राको दरभाउ निर्धारण गरेको थियो ।
कुनै पनि निकायको पूर्व अनुमति नलिई मुल्यसूची परिवर्तन गरेमा होटलका
सञ्चालकलाई कालोवजारी ऐन अनुसार कारवाही हुने प्रमुख जिल्ला अधिकारी
बेदप्रसाद खरेलले बताउनुभयो ।
ठगिएमा तुरुन्त फोन गर्नुस्
होटलमा खानेकुरा खाँदा ठगिएमा, होटल व्यवसायीले दुर्ब्यबहार गरेमा
खानेकुरामा अखाद्य पदार्थ भेटिएमा तुरुन्त फोन गर्नुहोला । उपभोक्ताको
गुनासो सुन्न ०१०–५२०१२१, ९७५१०२०६३२, ९८४१०६६६०२ मा चौविसै घण्टा सिधै
सम्पर्क गर्न सकिने ब्यवस्था गरिएको छ ।
गुनासो लिखित रुपमा दिन चाहनेले जिल्ला प्रशासन कार्यालयको ०१०–५२०२७७ मा
फ्याक्स गर्न र इमेल मार्फत गुनासो गर्न चाहनेका लागि जानकारी पत्रमा इमेल
ठेगाना पनि राखिएको छ ।
धादिङमा शुरुवात गरिएको मूल्यसूची र गुनासो सुन्ने व्यवस्थालाई राजमार्ग
क्षेत्रमा पर्ने अन्य जिल्लाहरुमा पनि लागु गर्न पहल गर्नुपर्ने होटल
व्यसायीहरुको सुझाव छ ।
पटक पटकको अनुगमन, निगरानी र केही व्यवसायीमाथि भएको कारवाहीले गर्दा
राजमार्गको धार्के क्षेत्रमा सञ्चालित होटलहरुमा केही सुधार आएको भएपनि
मलेखु भन्दा पश्चिम तर्फका होटलमा भने खानेकुराको मूल्य र होटल सञ्चालकको
ब्यबहारमा सुधार नआएको गुनासो छ ।



No comments:
Post a Comment