कार्तीक १८,मुग्लिन /राजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेण्टहरुको स्तर मापनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वर्गिकरण गर्न थालेको छ । चितवनको मुग्लिनवाट शुरु भएको होटल तथा रेष्टुरेण्टको बर्गिकरण कार्यक्रम देशैभरि बिस्तार गरिने भएको छ । विगतमा पटक पटक अनुगमन गर्दा पनि राजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेण्टहरुले पालना गर्नुपर्ने न्युनतम मापदण्ड र गुणस्तरमा खासै सुधार आउन नसकेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले होटल तथा रेष्टुरेण्टहरुले पालना गर्नुपर्ने न्युनतम मापदण्डको आधारमा बर्गिकृत खाद्य स्वच्छता मूल्याङ्कन चिन्ह सहितको स्टिकर प्रत्येक होटलहरुमा टास्न थालेको हो । आज देखि शुरु भएको यस अभियान अन्र्तगत अव होटलहरुमा चार प्रकारका स्टिकर टांसिने छन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरिक्षक योगेन्द्र ढुङगेलका अनुसार हरियो स्टिकर टांस गरिएका होटल तथा रेष्टुरेण्टमा कुनै प्रकारको समस्या रहने छैन । पहेंलोमा एउटा रातो चिन्ह भएको स्टिकर टांसिएको होटलले आफ्नो गल्तिलाई सच्याउन सक्ने अवस्था रहनेछ भने खाद्य स्वच्छतामा पनि कमजोर अवस्था रहेको हुनेछ । पहेंलोमा दुई वटा रातो चिन्ह भएको स्टिकर टांसिएको होटलमा सुधार गर्न पर्ने धेरैवाट अवस्था रहेको हुनेछ भने गुणस्तर पनि निकै खस्किएको हुनेछ । यसै गरि पुरा रातो स्टिकर टांसिएको होटल कुनै पनि अवस्थामा चलाउन योग्य नभएको हुनाले वन्द गर्नु पर्ने हुने छ । पहिलो पटक शुरु गरिएको स्टिकर टांस्ने कार्यक्रम अन्र्तगत अनुगमन टोलीले अधिकांश होटल तथा रेष्टुरेण्टहरुमा पहेंलोमा एउटा रातो चिन्ह भएको स्टिकर टांसेर सुधारका लागि एक महिनाका लागि समय दिएको बताईएको छ । विगतमा अनुगमन गर्दा लिखित सुझाव दिने र फर्कने गरिएकोमा यस पटक मुचुल्का तयार पारी होटलमा स्टिकर टांस गरिएकाले होटल तथा रेष्टुरेण्टहरुको गुणस्तर सुधारमा निकै प्रभाव पार्ने अनुगमन टोलीका सदस्य खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरिक्षक इश्वरीप्रसाद सुवेदीको भनाई छ । विगतमा अनुगमन टोली आउंदा भागाभाग गर्ने मुग्लिनका होटल व्यवसायीहरुले शनिवार अनुगमन टोलीसंगै रहेर आफ्नो कमिकमजोरी स्विकार गर्दै अवका दिनमा सेवालाई गुणस्तर बनाउने बताएका थिए । अनुगमन टोलीले होटल तथा रेष्टुरेण्टमा भेटिएका म्याद सकिएका पेय पदार्थ तथा अन्य खानेकुरा समेत नष्ट गरेको छ । वजारमा जताततै म्याद सकिएको कोक फ्याण्टा तथा स्प्राईट भेटिएपछि अनुगमन टोलीले मुग्लिन क्षेत्रमा वार्टलर्स नेपालको उत्पादन बिक्रि बितरण गर्ने नर्थफ्रेज इन्टरप्राईजेज कुरिनटारको गोदामको अनुगमन गरि डेढ लिटरको १ सय ५९ वोटल, २ लिटरको ६ वोटल र ५ सय मिलिटिरको २३ वोटल कोक, फ्याण्टा तथा स्प्राईट नष्ट गर्नुका साथै आगामी दिनमा यस्ता सामाग्री बिक्रि बितरण नगर्न बिक्रेतालाई चेतावनी दिएको छ ।सय ५९ वोटल, २ लिटरको ६ वोटल र ५ सय मिलिटिरको २३ वोटल कोक, फ्याण्टा तथा स्प्राईट नष्ट गर्नुका साथै आगामी दिनमा यस्ता सामाग्री बिक्रि बितरण नगर्न बिक्रेतालाई चेतावनी दिएको छ ।
Saturday, November 3, 2012
होटल तथा रेष्टुरेण्टको वर्गिकरण

Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment